झापा । दुई दिनदेखि लगातार परेको भारी वर्षाका कारण झापामा २ सय ७७ घर डुबानमा परेका छन्। भारी वर्षाका कारण झापाको जनजीवन प्रभावित भएको छ। नदी तटका स्थानीयवासी बाढीको प्रत्यक्ष मारमा पर्न थालेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म २ सय ७७ घर डुबानमा परेका हुन्। गौरीगञ्ज गाउँपालिका १ मा बनियानी खोलामा आएको बाढी बस्तीमा पस्दा १० घर परिवार विस्थापित भएका छन्।
उनीहरूलाई नजिकको विद्यालयमा राखिएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।कमल तथा बनियानी खोलाले शिवसताक्षी नगरपालिकाका ३, ४ र ५ नम्बर वडाका केही घर परिवार विस्थापित भएका छन्।
कमल खोलामा आएको बाढीका कारण केही घर परिवार बिस्थापित भएका र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।
मंगलबार बिहानै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै नदी तटका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले नवलपरासीमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
उदयपुरमा उर्लियो बाढी, सतर्कता अपनाउन चेतावनी
आसाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, १२ सय गाउँ डुबानामा
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
बाढीले झापाको सुगाबथानका २२ घर डुबानमा