महिन्द्रा टु एस डिलरको उद्घाटन सम्पन्न

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १४ : ०७
महिन्द्रा टु एस डिलरको उद्घाटन सम्पन्न

काठमाडौं ।महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ मनमैंजु, काठमाडौंमा नयाँ टु एस डिलरको उद्घाटन सम्पन्न गरेको छ । महिन्द्राको यस नयाँ टु एस डिलरबाट महिन्द्रा फोर–व्हिलरका सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने छन् ।

एम एण्ड ए अटोमोबाइल्स प्रा. लि. को उद्घाटन गत १२ गते जोयदिप मोइत्रा (एम एण्डएम, अन्तर्राष्ट्रिय अप्रेसन्स प्रमुख – एडी) र अर्जुन प्रसाद शर्मा (अग्नी समूह, कार्यकारी निर्देशक) को साथै अग्नि समूहका अन्य प्रतिनिधिहरुको उपस्थितिमा सामूहिक रुपमा भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस