एसईई कप फुटसलको उपाधि

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १३ : १८
एसईई कप फुटसलको उपाधि

काठमाडौं । खेल र अनुशासनसहितको शिक्षा’ भन्ने भनाइलाई आत्मसात गर्दै विनायक शिक्षा निकेतन स्कुल मध्यपुर ठिमी भक्तपुरको आयोजनामा पहिलो एसईई कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा इम्यानुअल फुटबल टिम प्रथम, पिस पोइन्ट फुटसल टिम दोस्रो भएका छन् । फेयर प्ले अवार्ड एडभान्स एकेडेमी बोडे टिमले पाएको छ भने उत्कृष्ट खेलाडी मदन पौडेल, सर्वाधिक गोलकर्ता लाक्पा तामाङ र उत्कृष्ट गोलकिपर सुरज शाही बनेका छन् ।

विजेताहरूलाई नगद १० हजार, शिल्ड, प्रमाणपत्र र मेडल तथा उपविजेतालाई नगद पाँच हजार शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।प्रतियोगितामा जम्मा १९ विद्यालयका १९ वटै टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस