काठमाडौं ।नेपाली सेफहरूको छाता संगठन नेपाली सेफ एसोसियन युकेको अध्यक्षमा कोलेश्वर ढकाल ‘कृष्ण’ सर्वसम्मत भएका छन् ।
एसोसियनको लन्डनस्थित ह्यारोमा सम्पन्न तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा मोहन ओली, शिवप्रसाद कँडेल र ठाकुर ढुंगाना चयन भएका छन् । महासचिवमा राजु बोहरा, सचिवमा यज्ञ खरेल, कोषाध्यक्षमा धर्मागत चापागाई, सहकोषाध्यक्षमा केबी गुरुङ निर्विरोध निर्वाचित भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, ११ : २६
लेखकबाट थप