युक्रेनमा रुसको मिसाइल हमला

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, ११ : ११
युक्रेनमा रुसको मिसाइल हमला

काठमाडौं । युक्रेनको एक व्यस्त सपिङ मललाई लक्षित गर्दै रुसले हवाई आक्रमण गरेको छ ।

कम्तिमा पनि एक हजार मानिस हलभित्र रहेको अनुमान थियो । त्यहाँका राष्ट्रपति भ्लोद्मिर जेलेन्स्कीले एकहजार जना भित्र भए पनि धेरै मानिस बाहिर निस्कन सफल भएको बताएको सीएनएनले जनाएको छ ।त्यो समयमा धेरै मानिस बाहिर निस्कन सफल भएको उनले बताएका छन् । तर त्यहाँ कामदार र केही सर्वसाधारण रहेको अनुमान गरिएको छ ।

बीबीसीका अनुसार उक्त आक्रमणमा कम्तिमा पनि १६ जनाको मृत्यु भएको छ । जी ७ को बैठक चलिरहेका बेला यो हवाई हमला भएको थियो ।बीबीसीले जनाएअनुसार त्यहाँ मर्नेको संख्या निकै बढ्न सक्ने देखिएको छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस