धितोपत्र सञ्चालन विनियमावलीको तेस्रो संसोधन सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १० : ४०
धितोपत्र सञ्चालन विनियमावलीको तेस्रो संसोधन सार्वजनिक

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र सञ्चालन विनियमावली २०७९ को तेस्रो संसोधन सार्वजनिक गरेको छ । अब ब्रोकरहरुले आफ्नै टिएमएस चलाउन पाउने र सेवा शूल्क बापत बढिमा १०० रुपैयाँ लिन सक्ने व्यवस्था गरेको छ ।

संसोधित विनियमावलीको विनियम २१च को उपविनियम ७ मा कारोबार सदस्यले कारोबार व्यबस्थापन प्रणाली मार्फत ग्राहकलाई अनलाईन सेवा प्रदान गरेवापत प्रत्येक ग्राहकबाट बार्षिक बढिमा १ सय रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यबस्था गरिएको छ । नेप्सेले एक कारोबार सदस्यका लागि प्रदान गरिएको एपीआई अर्को सदस्यले प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।

कम्तीमा ३० दिनको परीक्षणपश्चात प्रणालीमा कुनै समस्या नदेखिएमा उक्त प्रणाली नियमित सञ्चालनको अनुमति दिइने उक्त विनियमावलीमा उल्लेख गरीएको छ ।

 

  •  

प्रतिक्रिया दिनुहोस