पत्रकार माेहम्मद जुबैर पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १० : २८
पत्रकार माेहम्मद जुबैर पक्राउ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रखर आलोचक तथा फ्याक्ट–चेकिङ वेबसाइटका सह-संस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।

अल्ट न्यूजका मोहम्मद जुबैर पक्राउ परेका हुन्। उनले ट्विटरमा धार्मिक विश्वासको अपमान गरेको आरोप लगाइएको भारतीय मिडिया संगठनहरूको नेटवर्कले जनाएको छउनको पक्राउकाे विपक्षी नेता र कार्यकर्ताहरूले निन्दा गरेका छन्। जुबैरले हालै सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का एक प्रवक्ताले एक टेलिभिजन बहसको क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको टिप्पणीलाई ‘हाइलाइट’ गरेका थिए।

उनको ट्विट चौतर्फी सेयर गरिएको थियो। धेरै मुस्लिम देशहरूले भारतसँग कडा विरोध जनाएका थिए।पछिल्ला सातामा हिन्दू राष्ट्रवादीहरूले जुबैरले गरेका विगतका टिप्पणीहरूमा सरकारको ध्यानाकर्षण गरेका छन् र आफूहरूको धार्मिक भावनामा चोट पुर्‍याएको अभियोगमा कारबाही गर्न सरकार समक्ष मागसमेत गरेका छन्।

सन् २०१८ मा पनि जुबैर एउटा विवादास्पद ट्विट गरेपछि पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस