सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १० : २०
सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो

काठमाडौं । सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड ( दोश्रो चरण’ का लागि आवेदन खुल्ला  गरिएको छ । 

विराटनगरमा आयोजित कार्यक्रममा दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित सस्थाहरुले यसमा आवेदन दिन सक्ने जानकारी दिइयो । आवेदकहरुले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधिकरण संग सम्बन्धित चुनौतिलाई सम्बोधन  गर्ने समाधान प्रस्तुत गर्नुपर्नेछ । आवेदन मिति श्रावन ६ गते सम्म दिन सकिनेछ ।

सहज च्यालेन्ज फण्ड को दोस्रो चरणको कुल बजेट २ करोड नेपाली रुपैयाँको हुनेछ । यस फण्ड अन्तर्गत निजि व्यवसाय तथा उद्यमीहरुले न्यूनतम ५ लाख देखि ५० लाख नेपाली रुपैया सम्म प्राप्त गर्नेछन् ।  यसरी छनौट गरिएका आवेदकले नगद राशीसँगै व्यवसाय अगाडी बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।

कार्यक्रममा कृषि मन्त्रालय प्रदेश १ का सचिव मेगनाथ तिमलसिना, पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलयका प्रमुख डा। पशुपती ढुंगाना, खाद्य प्रविधि तथा गुण नियन्त्तण कार्यालयका प्रमुख राज कुमार रिजाल,मोरङ व्यापारिक संघका नवनिर्वाचित अध्यक्ष नविन रिजाल, कृषि बजार विकास कार्यक्रमका टिम लिडर  रिक भेन डर क्याम्प, व्यवसाय सक्षम वातावरण र संघीय राज्य भवनका प्रबन्धक विष्णुप्रसाद काफ्ले, कृषि सेवा कृषि सेवा व्यवस्थापककी  प्रबन्धक सुभेच्छा श्रेष्ठ, कृषि सेवा दीर्घकालिन परामर्शदाताका उत्कर्ष प्रसाद, आईडीया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामासहित ५० भन्दा बढी सहभागीहरुको  उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस