अविरल वर्षासँगै रुपन्देही जलमग्न, बिहानै देखि बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, ०९ : ०८
अविरल वर्षासँगै रुपन्देही जलमग्न, बिहानै देखि बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । लगातार परेको वर्षाका कारण बुटवल लगायत आसपासका क्षेत्र जलमग्न भएका छन् ।  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकमा मंगलवार बिहानैदेखि  यातायात अवरुद्ध भएको छ । 

पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूलो भेल खसेको छ । पानीको भेल खस्दा सवारी साधन ओहोर दोहोर हुन नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बिहान ६ बजेदेखि सवारी साधन चल्न सकेको छैन । वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भएपनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरू खसेको छ ।  सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरू खसेको दोभान प्रहरी चौकीका सई विष्णुबहादुर कुँवरले बताए । अहिले दुबै तर्फ सवारी साधनहरु रोकिएका छन् । 

रुपन्देहीसहित धेरै ठाउँमा विहानैदेखी वर्षा भइरहेको छ । वर्षाले ठाउँ ठाउँका सडकहरूमा पानी जम्दा यातायात ओहोर दोहोरमा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस