काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण मंगलबार बिहान प्रदेश नं १ लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आँशिकदेखि सामान्य बदली रहेको छ।
यस्तै कर्णाली र मधेस प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।यस्तै दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै राति पनि देशभर बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी तथा तीमध्ये एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै महाशाखाले कर्णाली र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना