न्यायाधीशको अडियो प्रकरण : छानबिन गर्न ४५ दिनको म्याद

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, २१ : ४१
न्यायाधीशको अडियो प्रकरण : छानबिन गर्न ४५ दिनको म्याद

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको ‍अडियो प्रकरणबारे छानबिन गर्न न्याय परिषदले समिति गठन गरेको छ।

न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा न्याय परिषद्ले तीन सदस्यीय समिति गठन गरेको हो। समितिका सदस्यमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा पौडेल रहेका छन्।

जाँचबुझ समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। केही दिनअघि न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा घुस मोलमोलाइ गरेको अडियो सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस