विराटनगर । जमिनको मुआब्जा दिनुपर्ने कि रोक्का जमिन फुक्का गरिनुपर्ने माग राखेर एक सातादेखि सडक आन्दोलनमा रहेका विराटनगर विमानस्थल पीडितहरुको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । उनले पहिले जमिनको रोक्का फुकुवा गरिदिने र पछि बजेटको ब्यावस्था गरेपछि विमानस्थल क्षेत्रीय स्तरको बनाउन आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, विराटनगर महानगर पालिकाका पूर्व मेयर तथा नेका केन्द्रिय सदस्य भीम पराजुली सहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर २० बर्षदेखी विराटनगर विकासमा पछि पर्दै गएको र विकासका लागि प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेको थियो ।
विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन बजेट बिनियोजन नगरिएको र स्थानियको मुआब्जा पनि विरतण नगरिएको कारण स्थानियले सडक आन्दोलन गरिरहेको जानकारी अर्यालले प्रधानमन्त्रीलाई गराएका थिए । पूर्व मेयर पराजुलीले विराटनगर विमानस्थलको ठेक्का लागि सकेको टर्मिनल भवनको ठेक्का रद्द गरेर विराटनरको विकासलाई पछि धकेल्ने काम भएको प्रधानमन्त्रीलाई बताए ।
आधा घण्टा विराटनगरका समस्या सुनेका प्रधानमन्त्रीलाई विराटनरको रिङ रोड सिलान्यास भएको ४० बर्ष पुग्दा पनि नबनेको, विराटनगरको ढुवानको समस्या समाधान नभएको, प्रर्दशनी स्थल नबनेको, ६ सय विगा जमिन भएर पनि अमडुवामा स्पेशल इकोनोमिक जोन बन्न नसकेको लगायतका माग पराजुलीले राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, २० : ३६
लेखकबाट थप