आईजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १६ : ३९
आईजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएकोले अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ ।

 मुद्दा हेर्दाहेर्दैमा राखिएको यो तेस्रो पटक हो । यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस