न्यून बजेट विनियोजन हुदाँ सोचेअनुसारको काम गर्न सकिन : मन्त्री रेग्मी

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १५ : ५४
न्यून बजेट विनियोजन हुदाँ सोचेअनुसारको काम गर्न सकिन : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयमा न्यून बजेट विनियोजन हुँदै आएकाले सोचेअनुसारको काम हनु नसकेको बताएकी छिन ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विविध शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले प्राप्त स्रोतसाधनको अधिकतम प्रयोग गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिइन ।

महानगर, उपमहानगरको बजेटभन्दा न्यून बजेट आफ्नो मन्त्रालयमा आएको उल्लेख गर्दे उनले भनिन्, “यो मन्त्रालय प्रोजेक्ट हो की भूमिका के हो स्पष्ट हुनुपर्ने देखिएको छ, किनभने रु एक अर्बको बजेट पनि देख्न नसक्ने थियो, अहिले लभिङ् गर्दा रु एक अर्ब ७८ करोड बजेट आएको छ ।” उनले बजेटका अभावले चाहेर पनि धेरै काम गर्न नसकेको बताइन ।

मन्त्री रेग्मीले ज्यान जोखिममा रहेका महिलाका लागि २०७५ सालदेखि हवाई उद्धार गर्दे आएको र कार्यविधिअनुसार ४८ जिल्लामा उक्त सेवा लागू भएको जानकारी दिइन । उनले आम जनताले उक्त सेवा पाउने गरी अघि बढेको पनि बताइन ।

प्रतिक्रिया दिनुहोस