बेंसीशहरमा ज्योति विकास बैंकको नयाँ शाखा

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १५ : २२
बेंसीशहरमा ज्योति विकास बैंकको नयाँ शाखा

काठमाडौँ  । लमजुङको बेसींशहरमा ज्योति विकास बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ। बैंकले आइतबार बेंसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ।

बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।बेसींशहर नगरपालिका वडा नं. ८ स्थित शाखाको उद्घाटन बेंसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका संचालक नरेश राज आचार्यले संयुक्त रुपमा गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस