काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ।
बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाँउपालिका स्थित सानागाँउ स्वास्थ्य चौकी, दार्चुलाको महाकाली नगरपालिका–७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ स्थित त्रिवेणी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो।
बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञहरुले ७५७ जना महिलाहरुलाई स्त्री रोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएका थिए।नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित पालिकाको समन्वयमा बैंकले स्वास्थ्य शिविरहरु आयोजना गरेको हो।
शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निःशुल्क औषधि वितरण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १५ : १४
लेखकबाट थप