काठमाडौँ । व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट–टू)ले राष्ट्रिय सीप प्रतियोगिता गर्ने भएको छ।बिल्डिङ इलेक्ट्रिसियन विषयमा यही असार १४ गते राष्ट्रिय सीप प्रतियोगिता गर्न लागिएको परियोजनाले जनाएको छ।
सीप सिकाइको सक्षमता, आत्मविश्वास र प्रतिस्पर्धी क्षमताको मापन गर्दै कर्मयोगी, सीपयुक्त र सम्बन्धित क्षेत्रमा इच्छुक युवालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्न लागिएको र यसको व्यवस्थापन स्किलिङ नेपाल फाउन्डेसनले गरेको संस्थाले जनाएको छ।
प्रतियोगितामा विगतमा विभिन्न निकाय र परियोजनाबाट विल्डिङ इलेक्ट्रिसियन विषयमा तालिम लिएका र सीप परीक्षण तह–१ पास भएका र ५० वर्ष उमेर ननाघेका महिला तथा पुरुष प्रशिक्षार्थीले प्रतिस्पर्धा गर्न पाउने छन्।प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १४ : ५०
लेखकबाट थप