हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सले मर्जरको लागि पाए अन्तिम स्वीकृति

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १३ : ३७
हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सले मर्जरको लागि पाए अन्तिम स्वीकृति

काठमाडौँ  । हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सले एक आपसमा मर्ज हुनका बीमा  समितिबाट अन्तिम स्वीकृति पाएका छन्। 

बिमा समितिले दुवै कम्पनी १०० कित्ता बराबर ८५ कित्ता (एभरेस्ट इन्स्योरेन्सको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ कित्ता) सेयर अनुपातमा मर्ज गर्न स्वीकृति दिएको हो। योसँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको कम्पनीले जानकारी दिएको छ। 

यता, दुवै कम्पनीको असार २ गते बसेको विशेष साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ। एक आपसमा मर्ज हुने भएपछि हाल दुवै कम्पनीको सेयर कारोबार रोक्का छ। 
 यी दुई कम्पनीहरुबीच गएको वैशाख २२ गते मर्जसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो। हाल एभरेस्ट इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड र हिमालयन जनरलको १ अर्ब १७ करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस