भारतले आयरल्यान्डलाई ७ विकेटले हरायो

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १२ : ०२
भारतले आयरल्यान्डलाई ७ विकेटले हरायो

काठमाडौं । भारतले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतबार राति आयरल्यान्डलाई ७ विकेटले हराएको छ । यससँगै दुई खेलको शृङ्खलामा भारतले १–० को अग्रता लिएको छ । 

डब्लिनस्थित द भिलेज क्रिकेत मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको आयरल्यान्डले निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको थियो । १०९ रनको लक्ष्य भारतले ९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । वर्षाले प्रभावित बनेपछि खेल १२ ओभरमा छोट्याइएको थियो । भारतका ओपनर दीपक हुडाले ४७, इशान किशनले २६ कप्तान हार्दिक पाण्डेयले २४ रन बनाउँदा दिनेश कार्तिक ५ रनमा अविजित रहे । सूर्यकुमार यादव शुन्यमा पवेलियन फर्किए । आयरल्यान्डका क्रायग योङले दुई र जोश लिटलले एक विकेट लिए । 

त्यसअघि आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६४ र लोर्कान टक्करले १८ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका युजभेन्द्र चाहल, आभाष खान, हार्दिक पाण्डेय र भुवनेश्वर कुमारले एक एक विकेट लिए । दोस्रो खेल मंगलबार हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस