नेप्से दोहोरो अङ्कले बढ्यो

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, ११ : ५०
नेप्से दोहोरो अङ्कले बढ्यो

काठमाडौँ  ।  साताको दोस्रो कारोबारको  दिन सोमबारको प्रि ओपनिङमा नेप्से दोहोरो अङ्कले बढेको छ । साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ कम्पनी कारोबारमा आएका छन् ।जसमध्ये २२ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको भाउ घट्दा १ कम्पनीको भाउ यथावत् रहेको छ ।

यस अवधिमा नेप्से १०.३२ अङ्कले बढेर नेप्से सूचक १ हजार ९६७ दशमलव ३० बिन्दुमा पुगेको छ । यस अवधिमा २५ कम्पनी ७ हजार ७७ कित्ता सेयर २६ लाख ८५ हजार ६५ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस