सूर्या र ज्योति लाईफले पनि गरे एमओयू

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, ११ : ३२
सूर्या र ज्योति लाईफले पनि गरे एमओयू

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई मर्जर गराउने निती लिएसंगै बजारमा भएका कम्पनीहरुले एक अर्काविच तिब्र मर्जरको कुरा अघि बढाएका छन् । १ महिनाअघि युनियन, प्राइम र गुराँस लाइफको मर्जरमा एमओयू गरेसंगै सुर्या लाइफ र ज्योती लाइफले पनि मर्जरमा जान आइतबार एमओयू गरेका छन् ।

विशाल ग्रुपको मुख्य लगानी रहेको यी दुई कम्पनीविच २ सातादेखी जारी मर्जरको कुराले सार्थकता पाएको छ । बीमा समितिले बीमा कम्पनीलाई हाल भएको भन्दा साँढे २ गुणा पुँजी बढाउने निती लिएसँगै बीमा कम्पनीहरु धमाधम मर्जरमा अग्रसर भएका हुन् ।

बीमा समितीले जिवन बीमा कम्पनीको पुँजी ५ अर्व निर्जीवन बीमा कम्पनीको साँढे २ अर्व पुँजी पुर्याउन निर्देशन दिएसंगै कम्पनीहरु धमाधम मर्जरमा अग्रसर भएका हुन् । त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ हिमालयन र एभरेष्ट इन्स्योरेन्सले आगामी साउन १ गतेदेखी एकिकृत कारोबार गर्नेगरी तयारी भएको छ ।

ज्याेती र सुर्या लाइफकाे मर्जर प्रश्चात २ कम्पनीको चुक्ता पुँजी करिव ५ अर्व पुग्ने बताइएको छ । हाल सुर्या लाइफको २ अर्व ५५ करोड र ज्योती लाइफको २ अर्व ४२ करोड रहेको छ । ज्योतीको १०० कित्ता बराबर सुर्या लाइफले ८० कित्ता हुनेछ । सुर्या लाइफमा बिशाल ग्रुपको करिव २५ प्रतिसत लगानी रहेको छ भने ज्योतीमा १० प्रतिसतभन्दा कम रहेको छ । क्रस होल्डिङको आधारमा यी संस्था मर्ज हुन लागेका हुन् ।

चाडैनै ज्वाइन मर्जर कमिटी बनाएर मर्जर प्रक्रिया अघि बढाइने सुर्या लाइफका सीईओ पवन खड्काले बताए । स्वाप रेस्यो बारे भने दुबै कम्पनीको डिडिए प्रश्चात फाइनल हुने पनि खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस