बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अनौठो प्रस्ताव राखे

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, ११ : २८
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अनौठो प्रस्ताव राखे

काठमाडौँ  । जर्मनीको श्लोस एल्माउमा चलिरहेको जी७ मुलुकहरूको बैठकमा आइतवार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अनौठो प्रस्ताव राखेका छन् । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग मजाक गर्दै जोनसनले सबै नेताले लुगा खोल्ने हो कि भने । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा बलियो देखिनका लागि मांसपेशी देखाउने प्रस्ताव जोनसनले राखेका हुन् । जोनसन र ट्रुडो अमेरिकाका राष्ट्रपति जो बाइडन र जी७ का अन्य नेताहरूसँग बस्दै गर्दा जोनसनले लुगा खोल्ने प्रस्ताव गरेका थिए । 

उनको कुरा सुनेर सबैजना हलुका हाँसेका थिए । हाँसोकै क्रममा जोनसनले आफूहरू पुटिनभन्दा बलियो देखिनुपर्ने बताएका हुन् । त्यसमा मसला थप्दै ट्रुडोले जी७का नेताहरू छाती देखाउँदै घोडामा चढेर घुम्नुपर्ने बताए । अनि जोनसनले आफ्ना मांसपेशी देखाउनुपर्ने भने । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयेनले पनि घोडामा चढेर तस्वीर खिचाउने कामको समर्थन गरिन् । 

जोनसनले आफ्नो राजनीतिक करीयरमा कहिले पनि अंगप्रदर्शन गरेका छैनन् । तर पुटिनले साइबेरियाका पहाडहरूमा घोडा चढ्दा वा माछा मार्न जाँदा लुगा खोलेर छाती देखाएका तस्वीरहरू सार्वजनिक हुने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस