टेलिभिजनमा नकारात्मक विषयलाई प्राथमिकता नदिन आग्रह

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, ११ : २१
टेलिभिजनमा नकारात्मक विषयलाई प्राथमिकता नदिन आग्रह

काठमाडौँ  । नेपाल टेलिभिजनको कार्यक्रम प्रस्तोता र स्थानीय संवाददाताका लागि २ दिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम कोहलपुरमा शुरू भएको छ ।

लुम्बिनी प्रदेश सरकारको सहकार्यमा भएको अभिमुखीकरणको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले पत्रकारले सूचनाको हकको कार्यान्वयन सही तरिकाले गर्न सुझाव दिँदै पत्रकारितामा नकारात्मक विषयलाई प्राथमिकता दिने विषयको अन्त्य हुनुपर्ने बताए उनले नेपाल टेलिभिजन लगायतका सरकारी संस्थासँग काम गर्न सरकारलाई सहज हुने उल्लेख गर्दै मिडियाप्रतिको विश्वासलाई टुट्न नदिन पत्रकारले नै विश्वसनीयता कायम गर्नुपर्ने बताए ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले पत्रकारितामा शंका र विश्वास दुवै हुने भएकाले राजनीति दलसँग पत्रकारसँगको सम्बन्ध कहिल्यै नटुट्ने बताए । उनले टेलिभिजन पत्रकारिता अन्य पत्रकारिताको तुलनामा पृथक भएकाले टीभीले दिने सेवा पृथक भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य कृष्णा केसी, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, एनटीभी, कोहलपुरका प्रमुख विजय बर्मा लगायतले पत्रकारिताका विषयमा चर्चा गरेका थिए । २ दिनसम्म चल्ने कार्यक्रममा लुम्बिनी प्रदेशका संवाददाता र कार्यक्रम प्रस्तोतासहित २८ जनाको सहभागिता छ

प्रतिक्रिया दिनुहोस