काठमाडौँ ।मुगु कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई छिमेकी जिल्ला जुम्ला स्थानान्तरण गर्ने गरिएको छ ।भवन कार्य निर्माण सम्पन्न भइसक्दा पनि सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हस्तान्तरण हालसम्म नगर्दा यहाँका कैदीलाई जुम्ला पठाइएको हो ।
आशीष कन्स्ट्रक्सन गाँडेखोला कम्पनीले सो भवन निर्माणका लागि तीन करोड ५० लाख ३६ हजार ६ सय २८ रकमको ठेक्का लिई सम्झौताअनुसार काम गरी सहरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरिसकिएको कम्पनीका मुगुस्थित प्रतिनिधि कर्णबहादुर रावलले बताए ।
भवन निर्माण कार्य सम्पन्न भइसक्दा पनि हालसम्म हस्तान्तरण नहुँदा थुनुवालाई अन्यत्र जिल्ला सार्नुपर्ने अवस्था आएको कारागार कार्यालय मुगुका प्रमुख धनराज कार्कीले बताए । उनका अनुसार भवन निर्माण भइसकेको र यहाँका कैदीबन्दीलाई राख्न भवन डिभिजन कार्यालय जुम्लालाई बारम्वार ताकेता गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।
कारागार कार्यालय मुगुले दिएको जानकारीअनुसार यहाँबाट जुम्लासम्म कैदीलाई स्थानान्तरण गर्दा एक व्यक्तिलाई ८५ हजारदेखि एक लाखसम्म रकम खर्च हुने गरेको छ ।आर्थिक वर्ष २०७० देखि हालसम्म कारागार कार्यालय मुगुको तथ्यांकअनुसार विभिन्न प्रकृतिका एक सय १८ कैदीबन्दीलाई जुम्लालगायत अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, ११ : १५
लेखकबाट थप