आदर्श लघुवित्तको आईपीओ बाँडफाँड

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, ११ : ११
आदर्श लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौँ  ।  आदर्श लघुवित्तको आईपीओ बाँडफाँड भएको छ। यो आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको  बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। 

गोलाप्रथामार्फत् कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरूले मात्र सेयर पाएका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस