आईजीपी विवाद मुद्दाको सुनुवाई आज

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १० : ३९
आईजीपी विवाद मुद्दाको सुनुवाई आज

 

काठमाडौँ  ।  नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयवरिुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ।

असार ५ गते सुनुवाई भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाई भइरहेको छ।सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको थियो।

आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस