दक्षिण अफ्रिकाको नाइट क्लबमा कम्तीमा १७ युवाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, १४ : २८
दक्षिण अफ्रिकाको नाइट क्लबमा कम्तीमा १७ युवाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिणी सहर इस्ट लण्डनमा रहेकाे एक नाइटक्लबमा कम्तीमा १७ युवा मृत अवस्थामा फेला परेका छन्।यति धेरै युवाको मृत्युको कारणबारे कुनै जानकारी आएकाे छैन। यद्यपि स्थानीय सञ्चारमाध्यममा विष सेवन वा भागदौडका कारण मृत्यु भएको दाबी गरिएको छ।

केही मिडियामा भने मृत्यु हुनेको संख्या २२ सम्म रहेको बताइएको छ।नाइट क्लबका केही तस्विरहरू सामाजिक सञ्जालमा पनि सेयर भइरहेका छन्, जसमा युवाहरू टेबुलमा लडिरहेका देखिएका छन् भने केही घाइतेसमेत भएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक आम मानिसले यस विषयमा प्रहरीलाई जानकारी गराएको बताए।मृत्यु हुनेमा अधिकांश १८ देखि २० वर्ष उमेर समूहका युवा रहेको बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस