पिपुल्स पावर प्रभावितले पनि अनलाइनबाटै आईपीओमा आवेदन दिन सक्ने

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, १३ : १२
पिपुल्स पावर प्रभावितले पनि अनलाइनबाटै आईपीओमा आवेदन दिन सक्ने

काठमाडौं ।  प्रभु क्यापिटलले पिपुल्स पावर आयोजना प्रभावित स्थानीयहरुले पनि अनलाइनबाटै आईपीओमा आवेदन दिन सक्ने सुविधा सञ्चालनमा ल्याएको छ ।८ असारदेखि बिक्री खुला भइरहेको पिपुल्स पावरको आईपीओमा पनि अब इलामका स्थानीयले अनलाइन मार्फत नै आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ ।

आयोजना प्रभावित स्थानीयहरूले प्रभु क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com मार्फत आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

यसबाट हित ग्राही खाता खोल्न बाँकी रहेका तथा हित ग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ । आवेदन गरिसकेपछि लगानीकर्ताहरूले इसेवा, खल्ती तथा प्रभु पेमार्फत अनलाइन रकम भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस