यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, ११ : ०२
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो। तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ।

यसैगरी, युरो १ को खरिददर १३१.७३ पैसा र बिक्रीदर १३२.३६ पैसा तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६.३६ पैसा तोकेको छ। भने बिक्रीदर ८६.७७ पैसा छ।

जापानी येन १० को ९.२५ पैसा रहेको छ। बिक्रीदर ९.३० पैसा रहेको छ। यस्तै, चइनिज युआन १ को १८.६८ पैसा बिक्रीदर १८.७७ पैसा रहेको छ।यस्तैगरी साउदी १ को ३३.३३ पैसा रहेको छ भने कतारी रियाल ३४.२३ पैसा छ।

प्रतिक्रिया दिनुहोस