एजेन्सी । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ११ हजार ५७८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्युसमेत भएको छ ।
पाँच दिनको अन्तरालमा नै सङ्क्रमितको सङ्ख्या ७० हजार २६५ ले वृद्धि भएको छ । योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ९१ हजार ६१ पुगेको छ ।
एक दिन अघि भारतमा १५ हजार ९४० जना सङ्क्रमित थपिएका थिए भने २० जनाको मृत्यु भएको थियो । देशमा सङ्क्रमण दर बढेर ४।३९ पुगेको छ । बिहीबार १७ हजार ३३६ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने १३ जनाको मृत्यु भएको थियो ।
भारतको केरलमा सङ्क्रमण दर १७ प्रतिशतभन्दा बढी रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार ९८ जना नयाँ सङ्क्रमित फेला परेका छन् भने १० जनाले ज्यान पनि गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ असार २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु