क्यान्सरपीडित शम्भु तामाङलाई भेट्न पुगे प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, १० : ४४
क्यान्सरपीडित शम्भु तामाङलाई भेट्न पुगे प्रचण्ड

काठमाडौं । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका शम्भु तामाङ क्यान्सरबाट जुझिरहेका छन्। उनको स्वास्थ्यस्थिति बारे बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेका छन्। 

सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरी गिजिन बुकमा वर्ल्ड रेकर्ड राख्न सफल सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन्।

तामाङको स्वास्थ्य अवस्था बारे अध्यक्ष प्रचण्डले चिकित्सकहरूबाट जानकारी लिएका उनको सचिवालयले जनाएको छ। 

प्रचण्डले उनको विगत र अहिले भईरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए। अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्याएको  योगदानको प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताए। 

प्रतिक्रिया दिनुहोस