माेरङ । मोरङको बुढीगंगा गाँउपालिकास्थित धरान विराटनगर सडकखण्डमा भएको दुई फरक-फरक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।
शनिबार राति एम्बुलेन्सले ठक्कर दिँदा एक वृद्धको र मोटरसाइकलले ठक्कर दिँदा अर्का एक युवकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।उनका अनुसार गाउँपालिका ४ को.१ च ४४१४ नम्बरको एम्बुलेन्सले राति करिब ८ बजे ठक्कर दिँदा साइकलमा सवार ६९ वर्षीय मंगलराम गम्भीर घाइते भएका थिए।
साइकलमा सवार मंगलराम सडक पार गर्ने क्रममा एम्बुलेन्सले ठक्कर दिएकाे थियाे। एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका मंगलरामको उपचारका क्रममा बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा राति साढे १२ बजे मृत्यु भएको हो।प्रहरीका अनुसार रातिको समय दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको खाली एम्बुलेन्स तीव्र गतिमा रहेको थियो। दुर्घटना भएसँगै फरार बनेका एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ।
त्यसैगरी, सोही गाँउपालिकास्थित प्रिमियर वायर उद्योग नजिक प्रदेश १-०२-०४१ प १४१४ नम्बरको मोटरसाइकलले राति करिब पौने ९ बजे ठक्कर दिँदा २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको छ।सोही उद्योगमा सुरक्षागार्डकाे रूपमा कार्यरत श्रेष्ठको घर भोजपुरको अरुण गाउँपालिका–५ मा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
आफ्नो ड्युटी सकेर पैदल हिँडिरहेका बेला दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा आइतबार बिहान पौने ४ बजे मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटना हुँदा मोटरसाईकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय विकास श्रेष्ठ र सवार २३ वर्षीय सेशल परियार घाइते भएका छन्। उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १० : ३६
लेखकबाट थप