गण्डकी प्रदेशमा अर्थमन्त्री परिवर्तन नहुने

सफल खबर संवाददाता

शनिबार, ११ असार २०७९, २० : १०
गण्डकी प्रदेशमा अर्थमन्त्री परिवर्तन नहुने

पोखरा । गण्डकी प्रदेशमा अर्थमन्त्री परिवर्तन नहुने भएको छ। निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि अर्थमन्त्री रामजी बरालको राजीनामा मुख्यमन्त्रीदेखि सत्ता गठबन्धनकै सांसदहरुले मागेका थिए । 

तर  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा अर्थमन्त्री नफेर्ने सहमति भएको एक नेताले जानकारी दिए । 
 । 

यसअघि अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई पुनः बजेटमा समावेश गर्नुपर्ने आवाज समेत उठेको थियो ।

प्रतिक्रिया दिनुहोस