निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति घट्याे ?

सफल खबर संवाददाता

शनिबार, ११ असार २०७९, १७ : २६
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति घट्याे ?

 काठमाडाैँ । सरकारको निर्देशनअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको सूचना जारी गरेको छ।

निगम संचालक समितिको शनिबार बसेको बैठक अनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।अब पेट्रोल लिटरको १ सय ७९, डिजेल र मट्टितेल प्रतिलिटर १ सय ६३ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। खाना पकाउने एलपी ग्यास तथा हवाइ इन्धनको मूल्य भने तत्कालका लागि यथावत राखिएको छ।सरकारले पेट्रोलियम पदार्थमा कर कटौती गरी मूल्य घटाउन निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस