भारतीय खुफिया एजेन्सी ‘र” का प्रमुख सामन्तकुमार गोयलको पदावधि थपिएको छ । सन्तोषजनक कार्यसम्पादनको कदरस्वरुप यहि जुन ३० देखि लागु हुनेगरी उनलाई एक वर्षको म्याद थप्ने निर्णय भएको हो ।
भारतीय क्याबिनेटको हिजो बसेको बैठकले गोयलको म्याद थपेको थियो । हिजो १९ वटा निकायलाई जानकारी दिएसकिएको छ ।
क्याबिनेटले भारतीय गुप्तचर व्युरो आइबी को निर्देशकमा तपन डेकालाई पनि हिजै नियुक्त गरेको छ । उनलाई दुई वर्षको निम्ति नियुक्त गरिएको क्याबिनेट सचिव दिप्ती उमाशंकरले जारी गरेको सर्कुलरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, १६ : ४३
लेखकबाट थप