काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले यातनाविरुद्धको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।
शनिबार यातना पीडितहरूको सहयोगसम्बन्धी अन्त/राष्ट्रिय दिवसको अवसरमा आयोगले विज्ञप्ति निकालेर यातना सम्बन्धमा आयोगले गरेका सिफारिसहरूको कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको हो। आयोगबाट सिफारिस गरिएका घटनाहरूमा पीडितलाई क्षतिपूर्ति दिलाउने बाहेक दोषीलाई कानूनी कारबाही गर्ने कार्य अत्यन्तै न्यून रहेको आयोगका सहसचिव डा. टीकाराम पोखरेलले बताए।
उनले कारागारमा भइरहेका मृत्युका घटना रोकथामका लागि सुरक्षा प्रबन्ध प्रभावकारी गराउन, घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरेका छन्।
आयोगमा गत आर्थिक वर्षमा यातनाविरुद्धको अधिकारसम्बन्धी २३ वटा उजुरी परेका छन्। साथै पछिल्लो समय पर्वत, कैलाली, सुनसरी, विराटनगर र रोल्पा जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु भएको तथा आत्महत्या गरेको पाइएको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, १४ : ५२
लेखकबाट थप