८० वर्षपछि फेला दोस्रो विश्वयुद्धमा डुबेको पनडुब्बी

सफल खबर संवाददाता

शनिबार, ११ असार २०७९, १४ : ३७
८० वर्षपछि फेला दोस्रो विश्वयुद्धमा डुबेको पनडुब्बी

काठमाडाैँ । दोस्रो विश्वयुद्धताका डुबेको अमेरिकी नौसेनाको पनडुब्बी भग्नावशेषसहित समुद्रमुनि फेला परेको छ।युएसएस स्यामुएल बी रोबर्ट्स प्रशान्त महासागरमुनि फेला पारेको हो। स्यामी बी भनेरसमेत चिनिने उक्त जहाजलाई जुन २३ मा टेक्सासका अन्वेषक भिक्टोर भेस्कोभोलेले पत्ता लगाएका हुन्।

उक्त पनडुब्बी फिलिपिन्स सागरमा ६ हजार ९८५ मिटरको गहिराइमा थियो। जहाज लगभग ८० वर्षपछि फेला परेको हो। यो युद्धताका सन् १९४४ को अक्टोबरमा फिलिपिन्स सागरमा खसेको थियो।

यामाटोसहित तीन जापानी युद्धपोतविरुद्धको वीरतापूर्ण लडाइँको लागि यो जहाजलाई सम्झिइन्छ।उक्त अमेरिकी जहाजमा चालक दलका २२४सदस्य थिए, जसमध्ये ८९ जनाको मृत्यु भएको थियो। क्याप्टेन रोबर्ट डब्ल्यू कोपल्यान्ड बाँचेकामध्ये एक थिए।

 

प्रतिक्रिया दिनुहोस