काठमाडाैँ । नवौं शताब्दीमा निर्माण भएको प्रतिमा नेपाल फिर्ता भएको छ।
पुरातात्त्विक तारा देवीको प्रतिमा घर फिर्ता भएको हो। अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत म्यानुएल मिकलेर र पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले अमेरिकास्थित येल विश्वविद्यालयको आर्ट ग्यालरीबाट फिर्ता आएको तारा/पार्वतीको प्रतिमालाई नेपालमा स्वागत गरेका हुन्।
उक्त प्रतिमा नवौं शताब्दीको अन्त्य वा दशौं शताब्दीको शुरुतिरको भएको विश्वास गरिएको छ। उक्त प्रतिमा सन् २०१५ मा येल आर्ट ग्यालरीलाई प्रदान गरिएको थियो।मे ६ मा उक्त ग्यालरीले न्युयोर्कस्थित अमेरिकी कन्सुलर जनरलमार्फत उक्त प्रतिमालाई नेपाल फर्काउने घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, १३ : २२
लेखकबाट थप