अमेरिकी सर्वाेच्च अदालतकाे फैसलाप्रति बेलायती प्रधानमन्त्री भन्छन्– पछाडितर्फ ठूलो कदम

सफल खबर संवाददाता

शनिबार, ११ असार २०७९, १३ : १७
अमेरिकी सर्वाेच्च अदालतकाे फैसलाप्रति बेलायती प्रधानमन्त्री भन्छन्– पछाडितर्फ ठूलो कदम

काठमाडाैँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी गरेको फैसलालाई ‘पछाडितर्फ ठूलो कदम’ भनेका छन्।रुवान्डाको राजधानी किगालीमा कमनवेल्थ सरकार प्रमुखहरूको बैठकका क्रममा जोनसनले अमेरिकी सर्वोच्च अदालतको फैसलाले ‘विश्वभरका मानिसहरूको सोचमा ठूलो प्रभाव पारेको’ बताए।

‘मलाई लाग्छ कि यो पछाडितर्फ ठूलो कदम हो। म सधैं महिलाको छनौट गर्ने अधिकारमा विश्वास गर्छु। म त्यो दृष्टिकोणमा अडिग छु। तसर्थ, बेलायतमा कानुन छ’, उनले भने।यता राष्ट्रपति जो बाइडेनले पनि उक्त निर्णयलाई ‘दुःखद त्रुटि’ भनेका छन्।अमेरिकी सर्वोच्च अदालतले एउटा महत्त्वपूर्ण फैसलामा शुक्रबार देशव्यापी रूपमा गर्भपतनलाई वैद्य हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याइदिएको थियो।

प्रतिक्रिया दिनुहोस