लागुऔषधविरुद्ध बाँकेमा सप्ताहव्यापी कार्यक्रम

सफल खबर संवाददाता

शनिबार, ११ असार २०७९, १२ : ११
लागुऔषधविरुद्ध बाँकेमा सप्ताहव्यापी कार्यक्रम

काठमाडाैँ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ।जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागुऔषधीविरुद्ध काम गरिरहेका संघ संस्थाले जनचेतनामूलक विविध गतिविधि गरेका हुन्।

दिवसको अवसरमा असार ८ देखि कार्यक्रमहरू गरिएको छ। लागुऔषधविरुद्धका जिंगलमार्फत प्रचारप्रसार, चोक तथा सार्वजनिक स्थलहरूमा सचेतना, नाकामा चेतनामूलक कार्यक्रमसँगै अन्तरक्रिया, रक्तदान गरिएको छ। १२ गते विहान प्रभातफेरिसँगै समापन हुनेछ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नै शनिबार पत्रकार सम्मेलन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बाँकेमा लागुऔषध प्रयोगकर्ता, कारोबारी, पुन:स्थापना केन्द्रका बारेमा जानकारी दिए।बाँकेमा २० वटा पुन:स्थापना केन्द्रमा अहिले ३ सय १२ जनाको उपचार भइरहेको छ। नि:शुल्क परामर्श केन्द्रमा ९ जनाले सेवा लिइरहेका छन्।पछिल्लो तथ्यांकअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिन्छ। गतवर्ष भन्दा चालु आर्थिक वर्षमा नाइट्रोजन र ट्रामाडोल दोब्बरबढी पक्राउ गरिएको छ।

प्रतिक्रिया दिनुहोस