भारतको दार्जीलिङसँग जोडिएका नेपालका नाका सिल

सफल खबर संवाददाता

शनिबार, ११ असार २०७९, १२ : ००
भारतको दार्जीलिङसँग जोडिएका नेपालका नाका सिल

काठमाडाैँ । छिमेकी  मुलुक भारतको दार्जीलिङसँग सीमा जोडिएका नेपालका नाका सिल गरिएको छ।दार्जीलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको चुनावका कारण नेपालका नाका सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

दार्जीलिङमा आइतबार चुनाव हुँदैछ। शुक्रबार बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो।पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा नाका सिल गरिएको हो।सिल गरिएको नाका आइतबार राति १२ बजे खोलिनेछ।

 

प्रतिक्रिया दिनुहोस