काठमाडाैँ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गर्ने पक्का भएको छ। सिटीले ४५ मिलियन युरोमा लिड्स युनाइटेडका फिलिप्सलाई अनुबन्धन गर्न लागेको हो।लिड्सको युथ एकेडेमीबाट आएका फिलिप्सले सन् २०१५ मा सिनियर टोलीमा डेब्यू गरेका थिए। त्यसयता उनले २१४ खेल खेलिसकेका छन्।
फिलिप्स डिफेन्सिभ मिडफिल्डका साथै अग्रपंत्तिमा समेत खेल्ने क्षमता राख्छन्। फर्नान्डिन्होले ९ वर्षको क्लब बसाइँमा पूर्णविराम लगाउने भएपछि सिटीले उनको स्थानमा फिलिप्सलाई भित्राउन लागेको हो।
बेलायती सञ्चारमाध्यमहरुका अनुसार फिलिप्सले पहिले नै सिटीसँग व्यक्तिगत सर्तहरूमा सम्झौता गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असार २०७९, ११ : ४३
लेखकबाट थप