काठमाडौं । वैदेशिक रोजगार विभागले गएको जेठ महिनामा ६२ हजार ३४९ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।
विभागले उनीहरुलाई २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा श्रम स्वीकृति प्रदान गरेको हो । श्रम स्वीकृति लिनेमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन् । ८३ देशमा काम गर्न जानको लागि उनीहरुलाई श्रम स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार साउदी अरेबिया जान १२ हजार ७०१, युनाइटेड अरब इमिरेट्स (युएई) जान ११ हजार १६७, मलेसिया जान ९ हजार ६४९, कुवेत जान ५ हजार ७३५, बेलायत जान १ हजार १६६, रोमानिया जान १ हजार ५७८, जापान जान १ हजार ७४ र बहराइन जान ९९२ जनाले श्रम स्वीकृति लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, १६ : ३६
लेखकबाट थप