काठमाडौं महानगरपालिकाले ई-लाइब्रेरीकाे व्यवस्था गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १६ : २९
काठमाडौं महानगरपालिकाले ई-लाइब्रेरीकाे व्यवस्था गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ई-लाइब्रेरीको व्यवस्था गर्ने भएको छ। शुक्रबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाको आव २०७९/८० बजेट प्रस्तुत गर्दै यस्तो बताएकी हुन्। 

उनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण तीव्र रूपमा अगाडि बढाउने पनि बताइन्। ‘ई-लाइब्रेरीको व्यवस्था गर्न आवश्यक बजेट व्यवस्था गरेको छु,’उनले भनिन्।उनले मरेका जीवजन्तुका लागि शवदाह गृहको पनि व्यवस्था गर्ने बताइन्। महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ।

प्रतिक्रिया दिनुहोस