विदेशी फिल्मलाई छायांकनमा लाग्ने करमा थाइल्याण्डले छुट दिने

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १६ : २१
विदेशी फिल्मलाई छायांकनमा लाग्ने करमा थाइल्याण्डले छुट दिने

काठमाडौं । कोरोना भाइरसको महामारी पश्चात पुरानै लयमा फर्किन पर्यटकीय देश भनेर चिनिने थाइल्याण्डले फिल्म पर्यटनलाई महत्व दिएको छ । आफ्नो पर्यटनलाई बढाउन थाइल्याण्डले विदेशी फिल्म छायांकनका लागि कर छुट प्रदान गर्ने घोषणा गरेको छ । थाइल्याण्डमा विदेशी फिल्म सुटिङ गन्तव्य स्थलको रुपमा विकास गर्न आगामी पाँच वर्षसम्म करमुक्त गर्ने सरकारले घोषणा गरेका छन् ।

थाइ सरकारका अनुसार थाइल्याण्डमा छायांकन हुने फिल्मलाई सरकारले २० प्रतिशत अनुदान दिने व्यवस्था पनि गरेको छ । पाँच वर्षसम्म कर छुट दिने सरकारको निर्णयबाट १७.५ बिलियन भाट आम्दानी हुने अपेक्षा छ । तर सरकारले ७१.७५ मिलियन भाट चाहिँ राजस्व गुमाउनेछ । थाइल्याण्ड र सँगै रहेको मुलुक बर्मामा नेपाली फिल्म ‘प्रेम गीत’ को छायांकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस