१३.७८ अंकले बढ्याे नेप्से

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १४ : ४६
१३.७८ अंकले बढ्याे नेप्से

काठमाडौं । तीन हप्तादेखि निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार भने सामान्य अंकले वृद्धि भएको छ।शुक्रबार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो।यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले बढेको छ।

शुक्रबार कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ। कारोबार रकम भने अघिल्लो कारोबारको भन्दा कम भएको छ।नेप्सेका १३ उपसूचकहरु मध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युच्युअल फण्ड उपसूचकमा भने गिरावट आएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने यता म्युचुअल फण्ड उपसमूहको सूचक ०.६७ प्रतिशतले घटेको छ।

त्यस्तै, शुक्रबार कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको सेयर सकारात्मक  सर्किट लेभलमा कारोबार भएको छ भने सिवाइसी नेपालको सेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ।तर, यता आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने ७.८८ प्रतिशतले घटेको छ। कारोबार रकमको आधारमा ८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस