युक्रेन युद्ध पाँचौँ महिनामा प्रवेश

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १३ : ४७
युक्रेन युद्ध पाँचौँ महिनामा प्रवेश

काठमाडौं । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा रुसले आपूर्ति मार्गहरू अवरूद्ध गर्ने योजना बनाएको छ।

युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन्। औपचारिक रूपमा युरोपेली संघको सदस्य बन्ने किएभको चाहना स्वीकृत भएको छ।यद्यपि उसलाई संघको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा बढी समय लाग्नेछ। संघमा युक्रेनको उम्मेदवारी स्वीकृत भएसँगै युद्धग्रस्त राष्ट्रको मनोबल पनि बढेको छ।

रुसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका सहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रुसी सेनाले कब्जा जमाएको छ।राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन सुरु गरेको ‘विशेष सैन्य कारबाही’ युक्रेनी भूमि कब्जाका निम्ति नभएको बताएका छन्।सत्ताइस सदस्यीय संघमा युक्रेनको प्रवेशलाई लिएर युरोपेली नेताहरूले युक्रेनी जनता युरोपेली परिवार भएका बताएका छन्।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोपलाई आर्थिक समस्याबाट जोगाउन रुसमाथि अब थप प्रतिबन्ध आवश्यक नभएको बताएका छन्। रुसबाट ग्यास आपूर्तिमा कटौती हुँदा धेरै युरोपेली देश प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस