मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, ११ : ३९
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । सप्तरीको कञ्चनरूप नगरपालिका-२ बरमझिया चोकमा हिजो बेलुका भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

प्रदेश १-०२-४४ प ६१० नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ७ बजे सडकमा बसिरहेको चौपायासँग ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोकिएको थियो।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङको विराटनगरका अन्दाजी ५० वर्षीय युवराज खतिवडाको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार मोरङकै विराटनगर उपमहानगरपालिका-१५ का ४७ वर्षीय गौतम महतोको सोही अस्पतालमा उपचार भइरहेको छ।टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय, कञ्चनरूपले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस