पूर्वमन्त्रीको घर अगाडि शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, ०८ : १७
पूर्वमन्त्रीको घर अगाडि शंकास्पद वस्तु फेला

file Photo

विराटनगर । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका–३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पुग्दै छ । त्यहाँ इलाका प्रहरी कार्यालय दमकको टोली भने पुगिसकेको छ ।

घर अगाडि शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको कार्कीले बताए । ‘घर अगाडि बिहान साढे ५ बजेतिर शंकास्पद वस्तु रहेको थाहा भयो,’ उनले भने, ‘म त घरमा थिइनँ, शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस