कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, ०७ : ४०
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । आज देशका धेरैजसो स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यस्तै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव समेत नेपालमा रहेको छ ।

महाशाखाका अनुसार देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली देखी पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखी समानाय बदली रहेको छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भइरहेको महाशाले जनाएको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू– भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेश का एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस